काठमाडौं – मूनलाइट जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। स्वच्छ र दिगो ऊर्जामा योगदान पुर्याउने लक्ष्यका साथ अगाडि बढाइएको यस आयोजनाले नेपाललाई ऊर्जा सुरक्षामा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
हालसम्म आयोजनाको ९०% सामाजिक न्यूनीकरण कार्य सम्पन्न भइसकेको छ। सडक निर्माण, सिँचाइ कुलो निर्माण, विद्यालय भवन संरक्षण तथा मन्दिर सुरक्षाका कार्यहरू सम्पन्न भइसकेका छन्। भूकम्पका कारण क्षति पुगेको विद्यालयको नयाँ परिधि पर्खाल निर्माण कार्यसमेत सम्पन्न भएको छ।
पावरहाउस क्षेत्रको उत्खनन, साइट क्लियरन्स, तथा अन्य आधारभूत संरचनाहरूको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। करिब ८०% सुपर स्ट्रक्चर निर्माण कार्य सम्पन्न भइसकेको छ। आयोजनाले निर्धारित समयसीमाभित्र सम्पूर्ण कार्यहरू सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ।
निर्देशक सुधीर लामिछाने र बेद प्रकाश बिष्टको प्रतिबद्धता
मूनलाइट जलविद्युत आयोजनाका निर्देशक सुधीर लामिछाने र बेद प्रकाश बिष्टले आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न निरन्तर मेहनत गरिरहेका छन्। उनीहरूको नेतृत्वमा आयोजना समयमै सम्पन्न गर्ने तथा ऊर्जा उत्पादन वृद्धि गर्ने योजनाहरू अघि बढाइएका छन्।
अध्यक्ष कल्याण विक्रम न्यौपानेको नेतृत्वमा अघि बढ्दै
मूनलाइट जलविद्युत कम्पनीका अध्यक्ष कल्याण विक्रम न्यौपानेले जलविद्युत विकासलाई दिगो बनाउने तथा नेपाललाई हरित ऊर्जामा आत्मनिर्भर बनाउने आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। आयोजनाले नेपालको आर्थिक तथा ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।